नगर परिषद्मार्फत पारित कार्यक्रम अन्तरगत बागमती नगरपालिका कार्यालयले नगरबासीलाई सुधारीयको रकेट फलामे चुलो वितरण गरेको छ । विभिन्न परिकार बनाएर मनाउने तिहारको दिनमा धुवाधुलो नआउने चुलो पाउदा स्थानीय खुशी बनेका छन् ।
मानव स्वाथ्य तथा वातावरण संरक्षणमा टेवा पुर्याउने उध्यश्य सहित ‘एक घर एक सुधारिएको चुलो’को अवधारण ल्याईएको नगरपालिका कार्यलयले जनाएको हो । उक्त सुधारिएको रकेट फलामे चुलो थोरै दाउराबाट धेरै खाना पकाउन सकिने, धुवा धुलो रहित तथा वातावरण र मानव स्वास्थ्य मैत्री रहेको बागमती नगरपालिका प्रमुख भरतकुमार थापाले बताउनु भयो ।
पछिल्लो समय तिब्ररुपमा बनको दोहनले गर्दा वातावरणमा प्रदुशित बन्दै गएको छ । जंगलको उपभोग बड्दै जाने तर संरक्षणमा ध्यान नदिने प्रबृती बढ्दै गएकोले दाउरा उपभोक्ता घटाउने योजना अनुरुप सुधारिएको चुलो वितरण गरिएको मेयर थापाको भनाई छ । ६ हजार ७ सय लागतको उक्त सुधारीएको चुलो नगरपालिका कार्यलयले निशुल्क वितरण गरेको हो ।
पहिलो चरणमा ८ सय घरधुरीलाई र क्रमश नगरपालिकाका ९ हजार घरधुरीलाईनैै सुधारीयको चुलो वितरण गरिने नगरपालिका कार्यलयले जनाएको छ । प्रदेश सांसद डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा भएको उद्घाटन तथा वितरण सभामा नेकपाका केन्द्रीय सदस्य डाचाँराज वाग्ले, नेकपा नेता कमल खड्का लगाएर अतिथि रहनुभएको थियो ।
यसैविच नगरपालिका कार्यलयले आफ्नै मातहतमा रहनेगरी नगर स्तरीय सहकारी संस्थाको समेत उद्घाटन गरेको छ ।
बुधवार एक कार्यक्रमका विच नगरप्रमुख थापाले बागमती नगरपालिका कार्यलयको समुद्घाटन गर्नुभएको बागमती नगरपालिका कार्यलयले जनाएको हो । नगरक्षेत्र भित्र विभिन्न उध्यश्यले संचालनमा रहेका सहकारी सम्पुर्ण नगरवासिको पहुचमा पुग्न नसकेकोले बागमती सहकारी सस्थाको स्थापना गर्नु परेको मेयर थापाले बताउनु भयो ।
यस बागमती सहकारी संस्थाले नगरपालिका क्षेत्रका जनताको जिवनस्तर उकास्ने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने नगरपालिका कार्यलयको भनाई छ ।