सर्लाही असोज १४-उखुको भुक्तानी नपाएपछि यस बर्षको दशै नै खल्लो हुने चिन्ता किसानहरु परेका छन् । सर्लाहीको धन्कौल स्थित अन्नपुर्ण सुगर एण्ड जनरल ईन्डस्ट्रजले किसानको गत बर्षको समेत भुक्तानी रोके पछि किसान चिन्तामा परेको हुन् । उखु किसानको उद्योगले अझै ३३ करोड भुक्तानी गर्न बाँकी रहेको ईन्डस्ट्रजका महाप्रवन्धक केडी प्रसादले बताए ।
सर्लाहीको साविक सुदामा गाविस हाल बलरा नगरपालिका निवासी राम सोगारथ रायले अन्नपुर्ण सुगर एण्ड जनरल ईन्डस्ट्रजललाई बिक्री गरेको २ सय क्वीन्टल उखुको भुक्तानी अझै नपाएको बताए । ‘बर्ष भरिको बाली ल्याएर उद्योगलाई जिम्मा लगाए’ । उनले भने, ‘दैनिक छाक टार्न समेत ऋण गर्नु पर्ने भैसक्यो, अर्को तर्फ पवनी सुरु भैसक्यो कसरी खर्च जोहो गर्ने हो चिन्तामा छु’ । उनी लगाएत धेरै किसान भुक्तानी नपाए कसरी पवनी मनाउने होला ? भन्ने चिन्तामा छन् ।
अन्नपुर्ण सुगर एण्ड जनरल ईन्डस्ट्रजले गत सिजन ५९ करोड बराबरको १२ लाख ६८ हजार क्वीन्टल उखु क्रसिंङ गरेको थियो । ईन्डस्ट्रजले ढिलागरी गत भदौ ७ गतेबाट मात्र भुक्तानी सुरुगरेकोे जनाएको छ । हाल सम्म आर्थिक बर्ष २०७३÷०७४ को ७ करोड र आर्थिक बर्ष २०७४÷०७५ को २५ करोड भुक्तानी गरिसकेको महाप्रबन्धक केवीको दावी छ । एक करोड बराबरको चिनी समेत किसानले लगेको महाप्रवन्धक केवी प्रसादको भनाई छ ।
बाँकी रहेको ३३ करोड समेत आगामी तिन महिनामा भुक्तानी गरिसक्ने उन्ले बताए । ‘ईन्डस्ट्रजको गोदाममा अझै २७ करोड बराबरको चिनी मौज्दात छ’ । महाप्रवन्धक प्रसादले भने, ‘नेपाली बजारमा अन्य राष्ट्रबाट आएको चिनीले गर्दा बिक्री सुस्त रहेकोले भुक्तानी ढिला भएको हो’ । अबको तिन महिनामा सम्पुर्ण किसानको भुक्तानी गरिसक्ने उनको दावी छ ।
महाप्रवन्धक प्रसादको भनाई अनुसार ईन्डस्ट्रजको सम्पुर्ण चिनी बिक्री गर्दा पनि अझै किसानको ६ करोड तिर्न पैसा अपुग हुने देखिएको छ । ईन्डस्ट्रजले अघिल्लो बर्षको ७ करोड किसानलाई भुक्तान गरेकोेछ तर, यस सिजनको अपुग रकम कसरी भुक्तान होला ? ईन्डस्ट्रजले फेरी यस सिजनको उखु लिएको किसानको ६ करोड नदिने होकी भन्ने चिन्तामा किसान परेका छन् ।
ईन्डस्ट्रजले भुक्तानीमा ढिला गरेको भएपनि भुक्तानी सुरुगरेको प्रमुख जिल्ला अधिकारी द्रोण प्रसाद पोखरेलले बताए । ‘किसानले भुक्तानी चित्तबुझदो गरी नदिएको गुनासो गरेका छन’् । उनले भने, ‘हामीले प्रहरीको रोहबरमा चिनी बेचेर तुरुन्त किसानको रकम भुक्तानी दिन भनेका छौ, फेरी अनुगमन गर्छौ’ । ईन्डस्ट्रजलाई चिनि बिक्रीमा रोकेका किसानले जिल्ला प्रशासनको रोहबरमा चिनि बेचेर भुक्तानी दिने सर्तमा चिनी बिक्री खुल्ला गरेका थिए ।
ईन्दुशंकरको ४२ करोड बाँकी
यस्तै सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी उद्योगले पनि किसानको ४१ करोड भुक्तानी गर्न बाँकी रहेको छ । यस क्रसिङ सिजनमा एक अर्ब ८३ करोड मुल्यकोे उखु उद्योगले खरिद गरेको मध्य एक अर्ब ४२ करोड भुक्तानी गरेको उद्योगले जनाएको छ । अझै करोडौको चिनी गोदाममा थन्किएर बसेको उद्योगको भनाई छ ।
गत भदौ ३१ गते सम्म अन्तिम तालिकाको १८ करोड भुक्तानी गरेर उद्योगले भुक्तानी रोकेको थियो । ईन्दुशंकर चिनी उद्योगका उखु महाप्रबन्धक योगनारायण रजकंको अनुसार उद्योगले आउदो १९ गते मंगलवारबाट २८ गते आइतवार सम्ममा १८ करोड रुपैया किसानको भुक्तानी गरिने बताए । चिनी बिक्री नभएकोले भुक्तानी नियमीत गर्न नसकेको उद्योगले जनाएको छ ।
उद्योगले चिनी बिक्री नभएको भन्दै किसानको भुक्तानी यस पहिला पनि पटक पटक रोक्ने गरेको थियो । नजिकीदै गरेको दशैको समयमा चिनि बिक्री हुने र किसानको सम्पुर्ण भुक्तानी सकिने उद्योगले दावी गरेको छ ।
[/dropcap]