सर्लाही-सर्लाहीको बागमती नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर–घरमै गएर वितरण सुरुगरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभ ग्राहीलाई घर–घरमै पुगेर सुरक्षा भत्ता वितरण गर्न नगर प्रमुख भरत कुमार थापाले निर्देशन दिनुभएको हो ।
बागमती नगरपालिका भित्रका सामाजिक सुरक्षा भत्ता लिने अपांग, बृद्ध–बृद्धा तथा असक्तलाई नगरपालिकाले घरमै पुगेर सुरक्षा भत्ता वितरण सुरु गरेको हो । साविक गाविस रहदा गाविस कार्यलयमै पुगेर सुरक्षा भत्ता लिनु पर्ने स्थानिय घरमै सुरक्षा भत्ता प्राप्त गरेपछि खु:सि भएका छन् । घरमै सुरक्षा भत्ता प्राप्त गर्दा सारै खु:सि लागेको बागमती नगरपालिका–७ निवासी बृद्ध–बुद्धाहरुले बताए ।
सामाजिक सुरक्षा भत्ता लिने सम्पुर्ण बृद्ध बृद्धा अपांग र असक्त रहेका छन्, भने बृद्ध बृद्धाहरुलाई कार्यलय वा बैकं मार्फत वितरण गर्दा भत्ता प्राप्त गर्न सकसहुने गरेको थियो । बृद्ध बृद्धा अपांग र असक्तहरुको सुविधालाई ध्यान दिदै घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ब्यवस्था गरेको बागमती नगरपालिका ७ का वडाका वडा अध्यक्ष दुर्गा लामाले बताउनु भयो ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्तामा चरम दुरुपयोग हुने गरेको भन्दै बैकं मार्फत वितरण गर्ने ब्यवस्था गरेको छ । बैकं मार्फत वितरण गर्ने ब्यवस्था झन्झटिलो हुने गरेको बृद्ध–बृद्धाहरुले गुनासो गर्ने गरेका थिए । स्थानिय जनताको मागलाई ध्यान दिदै सामाजिक सुरक्षा भत्ता पारदर्शि रुपमा घरघरमै पुगेर वितरण गर्ने ब्यवस्था गरेको नगरपालिकाका मेयर भरत कुमार थापाले जानकारी दिनुभयो ।
सर्लाहीको बागमती नगरपालिका क्षेत्रमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभ ग्राहीको संख्या २७ सय ५५ रहेको नगरपालिका कार्यलयले जनाएको छ । यसरी सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्ने ब्यवस्था अत्यन्त राम्रो भएपनि, यसको पारदर्शितामा ध्यान दिनुपर्ने देखिन्छ ।