मलंगवा, फागुन २१ गते । सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरमा खाल्डोमा जमेको पानीमा डुबेर आइतवार साँझ एक बालकको मृत्यु भएको छ । स्थानीय सुदेश माझीका ६ वर्षका छोरा नितेस माझीको खाल्डोमा डुबेर मृत्यु भएको हो । आइतवार साँझ बाख्रा चराउन गएका बालकको चापाकलको पानी जम्मा गर्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको गाउँलेहरुले बताएका छन् । बालक अबेरराती सम्म घर नआउँदा खोज्ने क्रममा बालकलाई खाल्डोमा डुबिरहेको अवस्थामा परिवारजनले फेला पारेको थियो ।
पानी जम्मा गर्न खनेको खाल्डोमा डुबेर बालकको मृत्यु
