रोजिना थापा-काठमाण्डौ, संघिय संसदको पहिलो बैठक आज निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघिय संसदको पहिलो बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ वजेपछि बैठक बोलाईएको छ । प्रतिनिधिसभा निर्वाचन सकिएको तीन महिनापछि आइतबार सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक सोमवार बैठक बस्न लागेको हाृ । संवैधानिक अस्पष्टताले निर्वाचन सकिएको लामो समयसम्म बैठक बस्न सकेको थिएन । शीर्ष नेताले सम्वोधन गर्ने तयारी यसैविच आजको संसद बैठकमा शीर्ष नेताले सम्वोधन गर्ने तयारी गरेका छन । फागुन २७ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत लिनुपर्ने छ । फागुन २७ गते सभामुखको र ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी गरिएको छ ।
निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघिय संसदको पहिलो बैठक आज बस्दै
