सर्लाही-शिव पुराणबाट नगद तथा जिन्सी गरी ९ लाख पचास हजार बराबरको आर्थिक संकलन भएको छ भने सम्पुर्ण खर्च ६ लाख पचास हजारको हाराहारीमा रहेको आयोजक शिवपुराण मुलआयोजक समितिका अध्यक्ष कामदेव चौधरीले जानकारी दिनुभयो ।
धर्मिक, एतिहासिक तथा पर्यटकिय हिसावले प्रसस्त संभावना बोकेको हरिहरक्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानका भौतिक संरचना निर्माणार्थ आयोजित शिव पुराण गत फागुण १ गते उद्घाटन गरिएको थियो । यस शिवपुराण बाट संकलित रकमबाट बालाचर्तुदशीका दिन पितृहरुको नाममा वति बाल्न धर्मसाला तथा, क्रीयापुत्री बस्ने भवन तथा धार्मिक अनुष्ठानका संरचनाहरु निर्माण गरिने आयोजकले जनाएको छ ।
११ दिनसम्म संचालन भएको शिवपुराणमा धर्माचार्य श्री कृष्ण प्रसाद गुरागाईको मुखारविन्दबाट कथावाचन तथा माता कल्याणीद्धारा हवनको कार्यक्रम समेत भएको आयोजकले जनाएको छ । सर्लाहीको बागमती स्थित हरिहर क्षेत्रमा गत फागुन १ गतेबाट सुरु भएका शिवपुराण महायज्ञ आज समापन गरिएको छ ।
आजको समापन समारोहमा बागमती नगरपालिकाका मेयर भरत कुमार थापा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा स्थानिय भक्तजन समाजसेवी, बुद्धिजिवी लगाएतको सहभागिता रहेको थियो । आयोजक समितिले एक हप्ता भित्र बैठक राखेर सम्पुण हिसाव किताव सार्वजनिक गरिने जनाएको छ ।
शिव पुराणबाट ९ लाख पचास हजार बराबरको आर्थिक संकलन
