सर्लाही-सर्लाहीको बिष्णुगाउँपालिका –७ सिमरामा गएराती एक बृद्धमाथि कुटपिट भएको छ ।
छिमेकी सत्रुघन मण्डल खत्वेले आफुमाथी मादक पदार्थ सेवन गरेर निर्घात कुटपिट गरेको पिडित ७५ बर्षिय रोषन रायले बताएका छन् । छिमेकी मण्डलले मध्यरातको समयमा पसल खोलेर चुरोट मागेका र आफुले रात धेरै भएको भन्दै पसलखेल्न नमानेपछि कुटपिट गरेको रायको भनाई छ ।
कुटपिट बाट घाईते रायले जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता गराएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पिडक मण्डल हेटौडामा नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक रहेको बताईएको छ ।
मादकपदार्थ सेवन गरेका प्रहरीद्धारा बुद्धमाथी हातपात
