सर्लाही, माघ ७-सर्लाहीमा सम्पन्न २ नं.प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगितामा बारा जिल्लाका रामकृष्ण श्रेष्ठ र रुपक घिसिङको जोडीले उपाधी जितेका छन् ।
ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत मूर्तियामा आईतबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा बाराका श्रेष्ठ र घिसिङले २१ हजार नगद सहित प्रथम उपाधी चुमेका हुन् । प्रतियोगितामा सप्तरीका सन्तोष कटवाल र शशी चौधरीको जोडी पराजीत भए । फाईनल प्रतिष्र्धामा जीत हाँसिल गर्न नसक्दा सप्तरीका कटवाल र चौधरीको जोडिले १५ हजार नगद तथा सिल्डमा चित्त बुझाउनु प¥यो । पहिलो सेटमा २९–२७ अंक सहित कठिन जित निकालेको श्रेष्ठ जोडीले दोस्रो सेटमा ९–२१ को अन्तरले हार व्यहोरेको थियो । अन्तिम सेटमा दोस्रो सेटको नमिठो हारको बदला लिँदै २१–५ को फराकिलो अंक सहित जित निकालेको बाराका श्रेष्ठ र घिसिङको जोडीले प्रथम उपाधी आफ्नो पोल्टामा पारेका हुन् ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने जोडीलाई क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादव तथा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले शिल्ड, प्रमाण पत्र तथा नगद राशी प्रदान गरे । दुई दिनसम्म संचालन भएको प्रतियोगितामा प्रदेश नं. २ का सर्लाही, सिराहा, सप्तरी, धनुषा, महोत्तरी र बारा तथा छिमेकी जिल्ला सिन्धुली सहित ७ जिल्लाका २८ वटा टिमको सहभागीता रहेको आयोजक समितिका सदस्य एवं सर्लाही ब्याडमिण्टन संघका उपाध्यक्ष हर्षबहादुर श्रेष्ठले बताए ।
प्रदेश स्तरीय ब्याडमिण्टनको उपाधि श्रेष्ठ र घिसिङको जोडीलाई

फोटो क्याप्सन : ऐतिहाँसिक मुक्तेश्वर मुर्तिया महोत्सव अन्तर्गत सर्लाहीको मूर्तियामा भएको प्रदेश नं. २ स्तरीय ब्याडमिण्टन प्रतियोगिताको विजयी रामकृष्ण श्रेष्ठ र रुपक घिसिङका जोडी । (तस्बीर : श्रवण थापा )