भदौ ९-सर्लाही, बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको अनुदान सहयोगमा बितरित सोलार बत्तिको चरम दुरुपयोग भएको छ ।
सर्लाहिको बागमती नगरपालिका अन्तरगत बितरित सोलार बत्ति प्रयोगमा दुरुपयोग भएको हो । बागमती नगरपालिका अन्तरगत पर्ने साबिक शंकरपुर गाविस वडा नम्बर ३ मा रहेको एक निजि बिध्यालयमा प्रयोग गरिएको अवस्थामा नगरपालिकाले बितरण गरेको सोलार फेला परेको छ ।
नगरपालिका क्षेत्र भित्रका सार्वजनिक चोक चौतारा अझै अन्धकारमा रहेपनि सार्वजनिक प्रयोजनको लागी अनुदानमा प्राप्त सोलार निजि बिध्यालयमा प्रयोग गरिएको भन्दै स्थानियले आक्रोश ब्यक्त गरेका छन् । नगरपालिकाको एक सेट सोलार सार्वजनिक स्थानमा भन्दै बागमति नगरपालिका ८ स्थित युरिका बोडिङ स्कुल कम्पाउण्ड भित्र सेट गरिएको हो ।
यस्तै साविक शंकरपुर गाविस वडा नम्बर ८ बजार क्षेत्रमै अर्को एक सोलार बत्ति समेत ब्यक्ती गत लाभको लागी सडक बिपरित फर्काएर सेट गरिएको छ । अगाडि पट्टीको सडक छोडि ब्यक्तीको घर तर्फ फर्काएर अनुदानको सोलार फिट गर्नुले मिलेमतोमा नगरपालिकाले सरकारी अनुदानको दुरुपयोग गरेको एक स्थानियले नाम नभन्ने सर्तमा बताउनु भयो ।
यसैविच नगरपालिका कार्यलयले भने अनुदानको सोलार उपभोक्ता समिति मार्फत बितरण गरिएको जनाएको छ । बागमती नगरपालिका क्षेत्रमा गत अषाढ मसान्त सम्ममा १ लाख सोह्र हजार पर्ने ३२ ओटा सोलार सेट मात्र १५ प्रतिशत जन श्रमदानमा बितरण गरिएको थियो ।
यस बिषयमा हाल सम्म कही कतैबाट पनि गुनासो नआएको बागमती नगरपालिका प्रमुख बिमल प्रसाद पौडेलले बताउनु भयो ।