भदौ ९–सर्लाही, करोडौको घोटाला गरी नेपाल आयल निगमले इन्धन भण्डारण गर्न सर्लाहीको नेत्रगञ्जमा खरिद गरेको जग्गाको बिहीबार संसदीय समितिले स्थलगत अनुगमन गरेको छ । समितिले अनुगमनको क्रममा निगमको जग्गा खरिद प्रकरण कानुन सम्बत भ्रष्टाचार रहेको जनाएको छ ।
निगमको जग्गा खरिदमा ब्यापक अनियमितता भएको खवर सर्वजनिक भएपछी व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समिति मातहतको आपूर्ति उपसमितिले बिहीबार स्थलगत अनुगमन गरेको हो । निगमको जग्गा खरिद प्रकरण कानुन सम्बत भ्रष्टाचार भएको अनुगमन टोलीका संदस्य सांसद दीपक काकीको भनाई छ ।
निगमले खरिदगरेको जग्गा अनुगमन समितिका सांसद मानबीर मानन्धरले निगमका कर्मचारीले बिचौलिया लगाएर करोडौं रुपैयाँ घोटला गरेको दाबी गर्नुभयो । प्रति कट्ठा एक लाख ३५ हजारमा किनबेच भैरहेको जग्गा आयल निगमले ९ लाख ६० हजारका दरले खरिद गरेको अनुगमन टोलीका संदस्य सांसद दीपक कार्कीको भनाई छ ।
बिचौलियामार्फत जग्गा धनिलाई कम रकम दिएर जागिर लगाइदिने प्रलोभन देखार जग्गा खरिद गरेको पाइएको अनुगमन समितिले जनाएको छ । आफूहरुको जग्गाबाट दलालले राज्यको करोडौं रकम लुटेको स्थानियले गुनासो गरेका छन् । जग्गा खरिद गर्ने क्रममा प्रतेक घर बाट एक एक जनालाई जागिरदिने बिचौलियाले लोभ देखाएको स्थानिय महेस कुमार सिङले बताउनु भएको छ ।
नेपाल आयल निगमले प्रदेश नम्वर २ का लागि इन्धन भण्डारण गर्न नेत्रगञ्जमा १५ बिगाहा ६ कट्ठा १४ धुर जग्गा खरिद गरेको छ । अनुगमनका क्रममा निगमले अस्वभाविक मूल्यमा जग्गा खरिद गरेको पाइएको अनुगमन टोलीका संदस्य सांसद दीपक कार्कीले बताउनुभयो ।