अषाढ २८ सर्लाहीको युवा, स्थानिय बासी, राजनितीक दल, लगाएतको सकृयतामा ससप्तरीका बाडिपिडितको लागी राहत सामग्री संकलन गरेका छन् ।
गत हप्ता सप्तरीको तिलाठी, लगाएतको खोलामा आएको बाडिले सप्तरी जिल्लाको विभिन्न स्थानमा गरी १ सय ५० घर बगाउनुका साथै ५०० को हाराहारीका घर ढुवानमा परेको थियो ।
बाडि बाट बिस्थापित भएका परिवारको लागी आज हरिवन बजार क्षेत्रका उध्योगी, ब्यापारी तथा समाज सेवी राजनितीक दलबाट खाध्यन्न, लता कपडा लगाएतका सामान संकलन गरेको हो । संकलन बाट १८ हजार नगद सहित ५० हजार बराबरको खाध्यन्न चामल, चिउरा, दाल, नुन, तेल, बिस्कुट, चाउचाउ लगाएतको सामग्र संकलन भएको हो ।
राहत सामग्र संकलन कार्यलाई भोलि पनि निरन्तरता दिईले संकलन कार्यमा संलग्न युवा बिनेस कार्कीले जानकारी दिनुभयो । यस क्षेत्रबाट संकलित राहत सामग्री आउदो सनिवार सप्तरीका बाडि पिडित सम्म पुर्याउने समाज सेवि चुडामणी वाग्लेले जानकारी दिनुभयो ।
बिपद्को समयमा नै एक नेपाली अर्को नेपालीको काम आउनु पर्ने भएकोले सम्पुर्ण स्थानियलाई सहयोगको गरी दिन राहत संकलन समितिले अनुरोध गरेको छ ।
यसैविच नेपाल विद्यार्थी संघ सर्लाहीले सप्तरीका बाढी पीडितलाई सहयोग गर्ने भएको छ । आज लालबन्दीमा बसेको नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर १ र २ संयुक्त बैठकले बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । त्यसका लागि लालबन्दी, हरिवन, बयलवास लगायतका ठाउँमा पार्टीका शुभेच्छुक, शुभचिन्तक तथा स्थानीय उद्योगी, व्यवसायी र समाजसेवीसँग सहयोग संकलन गर्ने निर्णय भएको नेविसंघ क्षेत्र नम्वर १ का क्षेत्रीय सचिव प्रकाश मैनालीले जानकारी दिनुभयो । बैठकमा नेविसंघका नेता युवराज देवकोटा, १ नम्वर क्षेत्रका क्षेत्रीय सभापति गोपाल कार्की, २ नम्वर क्षेत्रका क्षेत्रीय सभापति मन्जर आलम लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो