अषाढ २८ सर्लाही हरिवनको एक मलखाद बिक्री केन्द्रमा राखिएको ५० किलोको मलखादको बोरामा ४२ किलो मात्र मलखाद फेला परेको छ ।
कृषि सामग्री कम्पनि लिमिटेडको ५० किलोको बोरामा ८ किलो ग्राम कम मलखाद पाइएको हो । किसानले खरिद गरेर लैजान लागेको यूरिया मलको बोरा संका लागेर तौलने क्रममा ८ किलो ग्राम तौल कम पाइएको किसान हरिवन नगरपालिका ११ का युग बहादुर अधिकारीले बताउनु भयो ।
कृषि सामग्री कम्पनि लिमिटेडले बिरगंज डिपो बाट सर्लाही शाखा कार्यलय हुदै सहकारी मार्फत खादमल किसानलाई बिक्री गर्ने गरेको छ । सहकारी संस्थाले खरिद गरेर लैजाने गरेको खादमलमा तौल लगाएतको समस्या देखिएको कुनै उजुरी नआएको कृषि सामग्री कम्पनि लिमिटेडको मलंगवा स्थित जिल्ला डिपो कार्यलयले जनाएको छ ।
यता मलखाद कम भेटिय पछि कृषि सामग्री कम्पनिले किसान ठगी गर्ने गरेको भन्दै स्थानिय किसान आक्रोसित बनेका छन् ।
५० किलोको बोरामा ८ किलो कम मलखाद फेला
