सर्लाहीको सदरमुकाम मलंगवामा वेटर ब्रिक नेपाल कार्यक्रमको जिल्ला स्तरिय सल्लाहकार समिती बैठक सम्पन्न भएको छ ।
इटा उद्योगमा बालबालिका लाई प्रयोग नगरौ भन्ने मुलनाराको साथ मंगलवार आयोजना गरीएको कार्यक्रममा जिल्लामा संचालनमा रहेका ७३ वटा इटा उद्योगमा बालबालिकाको प्रयोग भए नभएको अध्यन अनुसन्धान गरी बालश्रम मुक्त इटा उद्योग बनाईने वेटर ब्रिक नेपालका कार्यक्रम संयोजक निकेश त्रिपाठिले जनाएका छन् ।
मलंगवा स्थित नेपाल भारत लजमा भएको वेटर ब्रिक नेपाल कार्यक्रममा जिल्ला प्रशासन कार्यलय प्रमुख प्रदिप राज कणेल जिल्ला संयोजन समिती प्रमुख महीला तथा बालबालिका कार्यलयका बाल संरक्षण अधिकृत रन्जु रेग्मी लगाएतको उपस्थीती रहेको सहयोगी सस्था वेटर ब्रिक नेपाल कार्यक्रमको संयोजक त्रिपाठिले जानकारी दिनुभयो ।
साथै बैठकले जिल्ला प्रशासन प्रमुख प्रदिपराज कणेलको संयोजकत्वमा जिल्ला संयोजन समिती प्रमुख, जिल्ला स्वसथ्य कार्यलय प्रमुख, घरेलु तथा साना उद्योग कार्यलय प्रमुख, इटा उद्योग ब्यबसायी संघ, जिल्ला शिक्षा कार्यलय, इटा मजदुर यूनियन, महीला तथा बालबालिका कार्यलय र पत्रकारको सहभागीतामा जिल्लामा बालश्रमीक प्रयोग भए नभएको अनुगमन समिती पनि गठन गरेको छ ।
आयोजक बाल संरक्षण संस्था लालबन्दीको अध्यक्ष राधा घिमिरे अध्यक्षतामा भएको कार्यक्रममा वेटर ब्रिक नेपालले ५ वटा मापदण्ढ अन्तरगत बि बि एन कार्यक्रमको जानकारी, यसको प्रभावकारीता, अनुगमन समितीको सल्लाह सुझाव लगायत मापदण्ढमा काम गर्ने संयोजक त्रिपाठिले बताउनु भयो ।
विभिन्न संघ संस्था सँगको सहकार्यमा बालश्रम बिरुद्धको कार्यक्रम गर्दै आएको वेटर ब्रिक नेपाल सर्लाहीमा बालश्रम बिरुद्धको अभियानमा अग्रणी स्थानमा देखिएको छ ।