चैत—४ सरकार द्वारा हालै घोषणा गरिको सिर्लाहीको चन्द्रनगर गाउँपालिकामा संयुक्त लोकतान्धिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले आज तालाबन्दी गरेका छन् ।
मोर्चाको घटक दल सद्भावना पार्टीका केन्द्रिय सदस्य उपेन्द्र महतोको नेतृत्वमा गएको मोर्चा कार्यकर्ताहरुले सरकार तथा नेकपा एमालेको बिरुद्ध नाराबाजी गर्दै तालाबन्दी गरेकोे हो ।

गाउँपालिकामा आज स्थानिय निकायको चुनाव सम्बन्धी सर्वदलिय बैठक बोलाइएको थियो । तर मोर्चाको बिरोध र तलाबन्दीले सो कार्यक्रम बिथोलिएको केन्द्रिसदस्य महतोले जानकारी दिनुभयो ।
तालाबन्दी तथा बिरोध भएपछि कर्मचारीहरु पनि औफिस छाडि हिडेका थिए ।