श्रवण थापा १९ फागुण सर्लाही-बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सर्लाहीको २ वटा क्याम्पसमा अनेरास्ववियु प्यानल सहीत विजयी भएको छ ।
सर्लाहीको हरीवन नगरपालीका १० सुखेपोखरीमा रहेको श्री चत्तुरभुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्ववीयु सभापतिमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुका प्रज्वल ढुंगाना १३२ मत सहीत विजयी हुनुभएको छ । भने प्रतिद्धन्दी माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रातीकारीका हरी प्रसाद सिग्देलले ९८ मत तथा नेपाली कग्रेस निकट विद्यार्थी संगठन नेबि संधले ३९ मत प्राप्त गरेको छ ।
यस्तै सचिवमा १३८ मत सहित अनेरास्वीयुका विनोद रेग्मी, कोषाध्यक्षमा १२५ मत सहित अन्जीता कुमारी खड्का तथा सदस्यहरुमा अनेरास्वीयुका अर्चना बराल, राशन दहाल, रन्जना सुबेदी, सन्दिप थापा, सुविन श्रेष्ठ र केशव विश्वकर्मा विजयी भएका छन् ।
समानुपातीक तर्फ एमाले निकट विद्यार्थी संगठन अनेरास्वीयुले १३४, माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रातीकारीले ८६ तथा नेपाली कग्रेस निकट विद्यार्थी संगठन नेबि संधले ४७ मत प्राप्त गरेको छ । श्री चत्तुरभुजेश्वर जनता बहुमुखी क्याम्पसको कुलमत २९७ मध्ये २७७ मत खसेको निर्वाचन समितीले जनाएको छ ।
यसैविच लालबन्दी नगरपालीका स्थीत श्री जनज्योती बहुमुखी क्याम्पसमा पनि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुका कुल प्रसाद गौतम १९६ मत सहित सभापतिमा विजयी भएका छन् । भने प्रतिद्धोन्दी नेपाली कग्रेस निकट विद्यार्थी संगठन नेवि संघका सुमित काफ्लेले १६१ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिवमा १७९ मत सहित अनेरास्ववीयुका गान्दीप प्रसाद बराल, कोषाध्क्षमा १७९ मत सहित कंग्रेस निकट बिध्यार्थी संगठन नेवि संघका अभिमन्यु चौधरी तथा सदस्यहरुमा अनेरास्ववियुका आरती धामी, प्रदिप दाश, रीता दहाल, क्रिष्टीना मोक्ततान, ज्ञानेन्द्र अधिकारी र हेमन्त मोक्तान निवाचित भएका छन् ।
समानु्पातीक तर्फ जनज्योती बहुमुखी क्यम्पस लालबन्दीमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले १९०, नेपाली कग्रेस निकट विद्यार्थी संगठन नेवि संघले १७४ र माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रातीकारीले ७६ मत प्राप्त गरेको छ । ५७२ भोट रहेको जनज्योती बहुमुखी क्यम्पस लालबन्दीमा ४४६ मत खसेको निर्वाचन समितीले जनाएको छ ।
सर्लाहीमा ५ वटा क्याम्पसले स्ववियु निर्वाचन गराउने अनुमती प्राप्त गरेको भएपनि २ वटा क्याम्पसमा मात्र चुनाव सम्पन्न भएको छ । सर्लाहीको सदरमुकाम स्थीत सर्लाही बहुमुखी क्यम्पसमा भने मनोनयन दर्ता भएको भएपनि चुनाब स्थिगीत भएको छ ।