माघं २-सर्लाहीको बरहथवा नगरपालीकामा आजबाट नयाँ आप्रबासन सुचना तथा परामर्श केन्द्र संचालनमा आएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवा र हरीवनमा रहेर बैदेशिक रोजगारीमा जानेहरुलाई सुचना तथा परामर्स प्रदान गर्दै आएको आप्रबासन सुचना तथा परामर्स केन्द्रले बरहथवा नगरपालीकामा ईलाका प्रसासन कार्यलयको सेवा संचालन भएसगैँ बरहथवा नगरपालीकामा पनि सुचना केन्द्र स्थापना गरेको हो ।
आप्रबासन सुचना तथा परामर्स केन्द्रले सामी हेल्भेटास स्वीस ईन्टरको अपरेसन नेपालको सहयोगमा स्थानिय स्तरमा सेवा प्रदायक संस्थाहरु सहयोगि समाज नेपाल, ग्रामिण नारी उत्थान संघ, राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रहरुको सहयोगमा वैदेशिक रोजगार सम्वन्धि मिडिया तथा सुचना केन्द्रको माध्यामबाट सर्लाही जिल्लामा विगत ४ वर्ष देखि वैदेशिक रोजगार सम्वन्धि सचेतना फैलाउने काम गरि रहेकाछन ।
हाल बरहथवा ईलाका प्रसासन कार्यलयमा दैनिक करिव १० जना पासपोर्टको लागि सेवा लिन आउने गरेको इलाका प्रसाशन कार्यलय वरहथवाका कार्यलय प्रमुख श्री आन्नद प्रसाद चौधरीले जानकारी गराउनु भयो । ईलाका प्रसासन कार्यलय बरहथवामा वरहथवा नगरपालिका, श्रीपुर, भवानिपुर, मानपुर, धनगढा, लौकट, सुन्दरपुर चुहरवा र शंकरपुर गाविसका स्थानियले सेवा लिने गरेका छन् ।
सर्लाहीको वरहथवामा नयाँ सुचना तथा परार्मश केन्द्र संचालनमा
