श्रवण थापा सर्लाही माघं ३- सर्लाहीको कर्मैया गाविस क्षेत्रमा पर्ने चुरे पहाडमा बन अतीक्रमण सगैँ भएको तिब्र भु–क्षयको कारण कर्मैया क्षेत्र खतरामा परेको छ ।
हरिवन पञ्चायतबाट छुट्टीयर कर्मैया गाविस कायम भएको यस गाविस उत्तरमा चुरे श्रृंखला पुर्वमा ढुंग्रोखोला गाविस पश्चिममा बागमती खोला र दक्षिणमा शंकरपुर गाविस संग जोडीएको छ । चुरे श्रृंखला मुहान भएर बग्ने कर्मैया गाविसमा मात्र ५ वटा खहरे खोलाहरु रहेको स्थानियको भनाई छ ।
बर्षेनी चुरे क्षेत्रबाट बग्ने कर्मैया वडा नम्बर ४ मा पर्ने कामी खोल्सी, कर्मैया वडा नम्बर ४ र ५ भएर बग्ने गोडारी खोला, कर्मैया वडा नम्बर ५ र ६ भएर बग्ने मुडबेला खोला, कर्मैया वडा नम्बर ६ बाट बग्ने नैका खोला र कर्मैया वडा नम्बर ६, ७, ८ र ९ भएर बग्ने डुमाजोर खोलाको कारण कर्मैया गाविसको अधिकांश वडाहरु डुवानमा पर्ने गरेको छ ।
हिउदँको समयमा सुख्खा रहने यि खहरे खोल्साहरु बर्षाको समयमा सुसायर बग्ने गरेको छ । चुरे पर्वतका जंगलहरु दिन प्रति दिन नासिनाले खहरे खोल्साहरुको आकार प्रतेक बर्ष बड्दै गएको जानकारहरुको भनाई छ । चुरे क्षेत्र बाट दैनिक जसो सयैँको संख्यामा घासँ दाउरा काटिने तर नयाँ विरुवा लगाउने तर्फ कसैले ध्यान नदिदा यसले भविश्यमा ठुलो सम्स्या श्रृजना हुने बन विज्ञहरुको भनाई छ ।
कर्मैया गाविस भएर बग्ने खहरे खोल्साहरुमा बालुवा, ढुंगा भरीएर बर्षातको समयमा खोला गाउँ पस्ने गरेको कर्मैया गाविस ९ का रत्न तामांगले जानकारी दिनुभयो । यि खहरे खोलाले बर्षातको समयमा बागमती पुर्वि नहरमा समेत बर्षेनी क्षती पुर्याउने गरेको छ । खोलाले नहरमा पुर्यायको क्षेति बेलैमा निमार्ण नहुदा अर्को तर्फ किसानहरु समेत मारमा पर्ने गरेका छन् ।
बर्षाको समयमा मात्र सुसाउने यि खहरे खोलाको बारेमा बर्खाको समयमा मात्र सोच्ने तर हिउदँ भरी जानकारी नै नहुने संबन्धित निकायको कारण यि खहरेको ब्यबस्थापनमा कुनै पहल हुन नसकेको यस क्षेत्रका राजनितीज्ञहरुको गुनासो छ । प्रतेक बर्ष भोग्नु पर्ने खहरे खोलाको समस्या दिर्घकालीन रुपमा समाधानको पहल गरी दिन समेत स्थानियले सम्बन्धित निकाय समक्ष आग्रह गरेका छन् ।