श्रवण थापा सर्लाही माघं २-गत पुस महिना भरमा सर्लाही जिल्ला ट्राफिक प्रहरीले सवारी कार्वाहीबाट २४ लाख ६८ हजार पाचँ सय राजस्व संकलन गरेको छ ।
सर्लाही जिल्लाको पुर्व पश्चिम लोकमार्ग र भित्री सहायक मार्गमा सवारी चेक जाचँ क्रममा गरीएको सवारी कार्वबाही बाट २४ लाख ६८ हजार पाचँ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी हवल्दार उत्तम प्रसाद पौडेलले जानकारी दिनुभयो ।
चेक जाचँको क्रममा ओभर लोडबोक्ने ट्रक, सिट क्षमता भन्दा बढि यात्रु राख्ने बस, जिप, कार, सिट बेल्ट नलगाई सवारी चलाउने, मापसे गरेर सवारी चलाउने तथा कागज पत्र नभएर सवारी चलाउने चालक गरी ३ हजार ५८ लाई कार्वाही गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यलयको भनाई छ ।
ट्राफिक नियम उल्लंघन गरेर सवारी संचालन गर्नेलाई ट्राफीक प्रहरीले न्युनतम पाचँ सय देखि बढिमा १५ सय सम्म जरीवाना गर्ने गरेको छ । विगतको तुलनामा ट्राफीक नियम उल्लंघन गर्ने सवारी चालकको संख्यामा केहि कमी आएको प्रहरीको भनाई छ ।
साथै गत पुस महिना भरी भएको सवारी दुर्घटनामा परी सर्लाही जिल्लामा ३ जनाको ज्यन गएको छ, भने ५ जना गंभिर घाईते तथा २ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
गत पुस महीनाभरी सर्लाहि जिल्लामा साना तथा ठुला गरी ७ वटा दुर्घटना भएको थियो, जसमा १० वटा सवारी संलग्न भएको प्रहरीको भनाई छ । विगतको महीनाको डाटाको आधारमा पुस महिनामा सवारी दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
सर्लाहीको कर्मैया गाविस वडा नम्बर ५ मा आज भएको सवारी दुर्घटनामा परी २ जना सामान्य घाईते भएको छन् ।