श्रवण थापा सर्लाही माघं ४–सर्लाहीको हरीवन नगरपालीका वडा नम्बर ५ घुर्कौलीमा रहेको द्धन्द्ध पिडित बाल गृहमा आज बागमती सेवासमाजले कम्बल तथा त्रीपाल वितरण गरेको छ ।
सर्लाहीको हरीवन नगरपालीकामा रहेको सामाजिक सस्था बागमती सेवा समाजको सहयोग तथा सस्थाका अध्यक्ष भरत कार्कीको अध्यक्षतामा भएको कम्बल वितरण कार्यक्रममा द्धन्द्ध पिडित बालगृहका बालबालीकाहरुलाई ५० थान कम्बल, तिन थान त्रीपाल तथा खाजा चाउचाउ वितरण गरीएको हो ।
कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कनेलको प्रमुख आतिथ्यमा सम्पन्न कम्बल वितरण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रेवती पन्त, एमाले हरीवन नगरकमिटी अध्यक्ष चुडामणी वाग्ले, सुरेन्द्र लामा, प्रज्वल ढुंगाना, महेश बराल कान्तिपुर फाउन्डेसनका बिनेस कार्की लगाएतको सहभागीता रहेको बालगृह संचालक बेचि लुंगेलीले जानकारी दिनुभयो ।
२०५९ सालबाट संचालनमा आएको यस बालगृहमा हाल ३७ जना द्धन्द्ध विडित बालबालीबाहरुले आश्रय लिएका छन् ।