रौतहटको चन्द्रपुर नगरपालीका अन्तरगत ब्रमस्थानमा आज भएको मोटरसाईकल दुर्घटनामा परी एकबालक घाईते भएका छन् ।
आज काठमाण्डौ बाट सर्लाहीको ईश्वरपुर आउदै गरेको अन टेस्ट मोटरसाईकलले ब्रम्मस्थान ८ बस्ने बर्ष १२ का गोपाल योन्जनलाई ठक्कर दिदा उनि सामान्य घाईते भएको चन्द्रपुर ईलाका प्रहरी कार्यलयले जनाएको छ ।
मोटरसाईकलको ठक्कर बाट घाईते बालकको उपचारको लागी सर्लाहीको हरीवन पठाईएको छ । साथै ठक्कर दिने मोटरसाईकल र चालक ईश्वरपुर ६ निवासी २७ बर्षिय बलबहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यलय चन्द्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।
रौतहटमा मोटरसाईकल दुर्घटना
