श्रवण थापा सर्लाही,२ मंसीरपुर्व पश्चिम लोकमार्ग अन्तरगत सलाहीको कर्मैयामा यात्रु बसको ठक्कर बाट मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ ।
सर्लाहीको कर्मैया गाविस स्थिात गोडारी पुल नजिकै पश्चिमबाट पुर्व जादै गरेको ना ४ ख ५३३७ नम्बरको यात्रुबाहक बसले बाटोकाट्न लागेको ना १६ प २५९६ नम्बरका मोटरसाईकललाई पछाडी बाट ठक्कर दिएको थियो ।
बसको ठक्करबाट टाउकोमा चोटलागी गंभिर घाईते मोटरसाईकलमा सवार झापाको बुधबारे घर भै हाल कर्मैया ७ बस्ने बर्ष ५५ को मान बहादुर लिम्बुको हरीवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी सामान्य घाईते मोटरसाईकल चालक रौतहटको चन्द्रपुर निवासी बर्ष ४९ को बुद्ध बहादुर भोलन सामान्य उपचारपछि घर फर्किएका छन् । ठक्कर दिने बस र बसचालकलाई ईलाका प्रहरी कार्यालय हरीवनमा राखिएको प्रहरीले जनाएको छ ।