मंसिर १६ – सिरियाको ऐतिहासिक शहर एलेप्पो चिहान बन्ने खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सरकारी सुरक्षाकर्मीले एलेप्पोमा नियन्त्रण कायम गरेर बसेका इस्लामिक स्टेटसहितका बिद्रोही विरुद्ध कारवाही अभियान तीब्र पारेसँगै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । अहिलेको अवस्था हेर्दा एलेप्पो एक ठूलो चिहानको रुपमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसंघका दूत स्टिफन ओ’ब्रायनले बताउनुभयो । उहाँले मानवीयतका लागि एलेप्पोका सर्वसाधारण नागरिकको सुरक्षा गर्न राष्ट्रसंघीय सुरक्षा परिषदसँग आग्रह गर्नुभएको छ ।
सरकारी सुरक्षाकर्मीले बिद्रोही नियन्त्रित क्षेत्रमा गरेको पछिल्लो कारवाहीमा कम्तिमा ३४ जनाको ज्यान गएको छ । आइएस विरुद्ध लडिरहेको विपक्षी र सरकारी सेनाले अहिलेसम्म एलेप्पोको दुई तिहाई भागमा नियन्त्रण कायम गरेका छन् । एलेप्पोमा मानवीय संकटको अवस्था रहेको र सुरक्षा परिषदले तत्काल यस विषयमा छलफल गर्नु पर्ने राष्ट्रसंघीय दूत ओ’ब्रायनको भनाई छ ।
सिरियाको ऐतिहासिक शहर एलेप्पो चिहान बन्ने खतरा
